काठमाडौँ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफू र उनकी श्रीमती मेलानियाबीच सबै कुरा ठिक नभएको स्वीकार गरेका छन् ।
एक कार्यक्रममा ट्रम्पले अब आफू मेलानियासँग ‘अत्यन्तै कम’ कुरा गर्ने गरेको बताएका हुन् । यस अघि ट्रम्प र मेलानियाको सम्बन्ध तनावपूर्ण छ र उनीहरूबीच कुनै पनि कुराकानी नभएको लामो समयदेखि अनुमान गरिएको थियो ।
ट्रम्पको पोर्न स्टारसँग सम्बन्ध बाहिर आएर अदालतले दोषी ठहर गरेपछि मेलानिया र ट्रम्पको सम्बन्ध अझ खराब भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
मेलानियाले अदालतको फैसलाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । यसले ट्रम्प परिवारमा सबै कुरा राम्ररी चलिरहेको छैन भन्ने अनुमान लगाइएको थियो ।
हालै डोनाल्ड ट्रम्प एक कार्यक्रममा राजनीतिक मुद्दाका अलावा आफ्नो व्यक्तिगत जीवनका बारेमा पनि कुरा गरे । उनले यो समय आफ्नो परिवारका लागि कठिन भएको बताए । ट्रम्पले मेरो परिवारमाथि धेरै अन्याय भएको बताएका छन् । उनले आफ्नी श्रीमती मेलानियाका लागि कठिन समय भएको बताए ।
मेलानियाको अवस्थाबारे सोध्दा ट्रम्पले भने– ‘मलाई लाग्छ उनी ठिक हुनेछिन् । इमानदार पूर्वक भन्दा, मलाई लाग्छ कि यो तिनीहरूका लागि सजिलो छैन । मलाई लाग्छ यदि उनले ठिक नभए पनि मलाई यो सबै बताउन पनि चाहँदैनन् ।’
यसअघि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले आफ्नो कानुनी लडाइ विशेषगरी आफ्नी पत्नीका लागि कठिन भएको बताएका थिए ।
ट्रम्पले पनि स्टर्मी डेनियल केसले आफूलाई गहिरो असर गरेको स्वीकार गरे । उनले यो प्रकरणमा आफ्नी श्रीमती मेलानियासँग सम्बन्धित भएकोले यो घटनाले उनलाई निकै असर गरेको बताए । उनले यो आफ्नो बारेमा मात्र भएको भए यति चिन्तित नहुने बताए ।
मिडिया रिपोर्टका अनुसार पोर्न स्टार स्टर्मी डेनियलसँग ट्रम्पको कथित सम्बन्धलाई लिएर मेलानिया ट्रम्प निकै असहज थिइन् ।
यो मुद्धाको क्रममा, स्टर्मी डेनियलले ट्रम्पसँग आफ्नो सम्बन्धको बारेमा धेरै दाबी गरेकी थिइन् । ट्रम्पसँगको आफ्नो सम्बन्धको विवरण दिनुका साथै पोर्न स्टारले डोनाल्ड ट्रम्प र मेलानिया दुवै फरक-फरक बेडमा सुत्ने दाबी गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया