काठमाडौँ – जारी टी-२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानको प्रतिस्पर्धा हुँदैछ। विश्व क्रिकेटमा भारत र पाकिस्तानको भेटलाई प्रतिस्पर्धा भन्दा भिडन्तकै रुपमा हेरिन्छ।
भारत-पाकिस्तान द्वन्द्वले यी दुई देशको खेलसमेत भिडन्त र विवादमासमेत पर्ने गरेको छ। यो खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
यस खेललाई यस विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब शुरुवात गरेको छ ।
भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी-२० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ ।
त्यस्तै टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन् । जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ । त्यस्तै एक खेल अनिर्णित बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया