मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने

गोरखा – त्रिभुवन राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ।

सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजनले जानकारी दिएको छ ।

उक्त चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो तीन घण्टा सवारी साधन अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजनले सो कुरा जानकारी गराएको हो । सो अवधिभर सवारी साधनको व्यवस्थापनमा आवश्यक सहजीकरण गरिदिन प्रशासन र प्रहरीलाई सो डिभिजनले अनुरोध समेत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?