मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन विश्वभर उच्च छ ‘हिमालयन भिएग्रा’ नामले परिचित यार्साको माग ?

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने एक किसिमको किरा नै यार्सागुम्बा हो । यार्सागुम्बाले बेइजिङ ओलम्पिकको समयमा अत्यधिक चर्चा पाउनुका साथै यसको व्यापारमा समेत वृद्धि भएको थियो । 

भारतमा भने सबै भन्दा पहिले इन्द्रसिंह राईपा नामका एक व्यक्तिले यसबारे थाहा पाएको बताइन्छ । उनैले केही नेपाली युवाहरुसँगै यार्सागुम्बा ल्याएर बिक्री सुरु गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

नेपालमा भने वर्षौँ पहिलेदेखि नै यार्सागुम्बाको प्रयोग हुने गरे पनि व्यापारिक कारोबार कहिलेबाट कसले सुरु गरे भन्ने यकिन जानकारी नभएको सम्बन्धित व्यक्तिहरूले बताउने गरेका छन् । 

चिनियाँहरूले दुई हजार वर्ष पहिलेदेखि नै आयुर्वेदिक औषधिको रूपमा यसको प्रयोग गर्दै आएको बताइन्छ । चिकित्सकहरूले यार्सागुम्बालाई संसारकै सबै भन्दा महँगो जडीबुटीको रूपमा चर्चा गरेका छन् ।

विशेष गरी तिब्बतबाट निर्वासित तिब्बतीहरू यार्सागुम्बा व्यापारमा संलग्न हुने गरेका छन् । हिमाली क्षेत्रमा यसलाई किरा, जडीबुटीको नामले चिनिन्छ भने तिब्बत तथा चीनमा भने यार्सागुम्बा वा यार्सागम्बूको नामले परिचित छ ।

तिब्बत तथा चीनमा यसलाई यौन उत्तेजक वा शक्तिवर्धक औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ । केही जडीबुटीले नकारात्मक असर गर्ने गर्छ तर यार्सागुम्बाले भने कुनै पनि किसिमको साइट इफेक्ट गर्दैन । 

यसको स्वाद मीठो हुन्छ । सुरुमा किराको रूपमा रहने भएकाले यसको जीवन समय करिब ६ महिनाको हुन्छ । चैत, वैशाख महिनामा उक्त किराले आफ्नो जीवन चक्र पूरा गरेर मर्छ । 

मरेपछि यो किरा, जडीबुटीको रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रको घाँसे क्षेत्रमा रहने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?