मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी टी-ट्वान्टी विश्वकप

विश्वकप क्रिकेटमा एकपछि अर्को अनपेक्षित नतिजा आउँदै, नेपाल सुपर ८ मा पुग्ला ?

काठमाडौँ– अमेरिका र वेस्ट इण्डिजमा जारी विश्वकप टी २० प्रतियोगितामा एकपछि अर्को अनपेक्षित नतिजा आइरहेका छन् । यस प्रतियोगितामा पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकाले सन् २००९ को विश्वकप विजेता पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै सनसनीपूर्ण नतिजा निकाल्यो ।

त्यसैगरी, एसोसिएट राष्ट्र क्यानाडले टेस्ट मान्यताप्राप्त आयरल्याण्डलाई १२ रनले पराजित गरेको छ । उता अफगानिस्तानले पनि यसै प्रतियोगितामा न्युजिल्याण्डलाई पहिलो पटक ८४ रनले पराजित गरेको छ ।

एकपछि अर्को अनपेक्षित नतिजा आइरहेका बेला १० वर्षपछि टी २० विश्वकपमा सहभागी भएको नेपालले पनि यस प्रतियोगितामा कुनै अनपेक्षित नतिजा पो निकाल्ने हो कि भन्ने चासो सर्वत्र छ ।

नेपाली मात्र नभएर विश्वभरका क्रिकेट पारखीलाई नेपालले पनि टेस्ट मान्यताप्राप्त मुलुकलाई पराजित गरेर सनसनी मच्चाउने अपेक्षा व्यग्र छ ।

समूह डीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । यस समूहमा नेपाल र नेदरल्याण्ड्ससँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि रहेका छन् । यही समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । समूह डीकै अर्को खेलमा श्रीलंकालाई बंगलादेशले २ विकेटले पराजित गर्‍यो ।

हालसम्म यस समूहमा दक्षिण अफ्रिका, नेदरल्याण्ड्स र बंगलादेश क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् । तीनै टिमको समान एक खेलबाट २ अंक भएपनि रन रेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको हो ।

समूहमा नेपाल चौथो स्थानमा छ भने श्रीलंका पुछारमा रहेको छ । दुबै टिमले हालसम्म एउटा पनि खेल जितेका छैनन् । नेपालले एउटा खेल हारेको छ भने श्रीलंका दुई वटै खेलमा पराजित भएको छ ।

यसै समूहको अर्को खेलमा आजै बेलुकी नेदरल्याण्ड्स र दक्षिण अफ्रिका अमेरिकाको न्यूयोर्कमा भिड्दैछन् । नेपालले अर्को खेल भने अमेरिकाको फ्लोरिडामा जुन १२ का दिन बिहान सवा ५ बजे श्रीलंकाविरुद्ध खेल्दैछ ।

नेपालले तेस्रो खेल भने १५ जुनका दिन बिहान सवा ५ बजे सेन्ट भिन्सेन्टको किङ्ग्सटाउनमा दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १७ जुनका दिन सोही समय र मैदानमा बंगलादेशको सामना गर्नेछ ।

समूहको शीर्ष दुई स्थानमा रहन सफल भए नेपाल सुपर ८ मा प्रवेश गर्नेछ । समूह चरणका बाँकी रहेका खेलमा नेपालले कस्तो प्रर्दशन गर्ला र नेपाल सुपर ८ मा प्रवेश गर्ला कि नगर्ला भन्ने चासो सर्वत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?