मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वीरगञ्जमा बन्न लागेको प्राकृतिक चिडियाखानाको काम तीव्र

वीरगञ्ज– वीरगञ्जमा बन्न लागेको प्राकृतिक चिडियाखानाको घेराबार गर्ने काम तीव्र रूपमा अघि बढेको छ ।

५० हेक्टर क्षेत्रफल ओगट्ने यस चिडियाखानाको सिमाङ्कन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए । 

‘अहिले सम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, उनले भने, बाकी घेराबार गर्ने काम पनि भइरहेको र केही स्थानमा भने ब्यक्तिहरुले कब्जा गरिराखेकाले त्यो अतिक्रमण हटाउनु पर्ने देखिएको छ ।’

निकुन्जले शुक्रबारा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बैठक राखेर चिडियाखानाको सीमाभित्र पर्ने अतिक्रमण हटाउने विषयमा सरोकारवालाहरूसँग छलफल गरेको छ ।

बैठकले चिडियाखानाको पेरिमिटरमा भएको अतिक्रमण हटाउन सार्वजनिक सूचनामार्फत आह्वान गर्ने र अटेर गरे नियमानुसार खाली गराउने निर्णय गरेको छ ।

यस्तै सिमाङ्कनका लागि सार्वजनिक र निजी आबादी जग्गा छुट्टाउन नापी कार्यालयलाई अनुरोध समेत गर्ने निर्णय गरेको छ । महानगर प्रमुख सिंहको नेतृत्वमा सरोकारवालाहरुको टोलीले चिडियाखानाको घेराबारको काम अनुगमन गर्ने र अनुगमन पछि आएको सुझाव अनुसार बाँकी प्रक्रिया समेत अघि बढाउने निर्णय पनि भएको छ ।

बैठकमा महानगर प्रमुख सिंहले प्राकृतिक यहाँका नागरिक चिडियाखाना निर्माणको व्यग्र प्रतीक्षामा रहेकाले यसको निर्माण कार्य कुनै पनि बहानामा ढिलाइ हुन नहुने बताए।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले चिडियाखाना निर्माणको काम महत्त्वपूर्ण रहेकाले कतैबाट पनि अवरोध नआउने गरी सबैसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

बैठकमा नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, ससस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपाने, डिभिजन बन कार्यालय पर्साका प्रमुख सुनिल कुमार कर्ण, नापी कार्यालय पर्साका प्रमुख नापी अधिकृत राकेश कुमार झा, सबैया साझेदारी बन व्यवस्थापन समूहका अध्यक्ष लखनलाल साह, वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, ३२ का रियाज अहमद लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?