काठमाडौँ – बलिउड अभिनेता कार्तिक आर्यनसंग सेल्फी खिच्ने लोभमा ८२ लाख ठगीमा परेकी छिन् । आर्यनसंग भेटाइदिने भन्दै ठगीमा परेको मुम्बई प्रहरीमा उजुरी परेपछि यो घटना सार्वजनिक भएको हो ।
पीडित महिलाका अनुसार कृष्णाले कार्तिक आर्यनलाई भेटाइदिन्छु भन्दै कृष्णा शर्मा नामका एक ठगले ८२ दशमलव ७५ लाख रुपैयाँ असुलेका थिए ।
२९ वर्षे ठग कृष्णाले आफ्नो कथित फिल्म ‘लभ इन लन्डन’मा लगानी गरेमा आफूले कार्तिक आर्यनलाई भेटाइने भन्दै झुटो आश्वासन ती महिलालाई दिएका थिए ।
यहि लोभमा गोरेगाउँकी ती महिलाले सन् २०२२ मा कृष्णालाई पैसा उपलब्ध गराइन । तर उनले त्यतिका पैसा खर्च गरे पनि आर्यनलाई भने भेट्न सकिनन् भने आफूले फिर्ता माग्न खोज्दा बेपत्ता भएका थिए ।
त्यसपछि उनको उजुरीका आधारमा प्रहरीले एक विशेष टिम बनाएर कृष्णालाई बेंगलुरुको ताज वेस्ट एण्ड होटलबाट पक्राउ गरेको थियो ।
ती व्यक्तिले बलिउडका स्टारसँग आफ्नो गहिरो सम्बन्ध रहेको दाबी गर्दै मोटो रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कृष्णाविरुद्ध अम्बोली, वकोला, मुम्बई हवाई अड्डा, दिल्लीको कोनोट प्लेस र चेन्नईको ई ३ तेनाम्पेटको प्रहरी थानामा कैयौँ धोखाधडीको मुद्धा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया