काठमाडौँ – फेसबुकको मातृ कम्पनी मेटालाई इटालीले ३.५ मिलियन यूरो जरिवाना लगाएको छ।
इटालीको एन्टिट्रस्ट र प्रतिस्पर्धा प्राधिकरण एजीसीएमले मेटालाई यसको फेसबुक र इन्स्टाग्राम सामाजिक सञ्जाल उत्पादनहरूसँग सम्बन्धित अनुचित व्यावसायिक अभ्यासहरूको लागि कुल ३५ लाख यूरो जरिवाना गरेको हो।
मेटामाथि इटालीको उपभोक्ता संहिताको तीनओटा कानूनहरू उल्लङ्घन गरेको आरोप छ ।
उसले व्यावसायिक उद्देश्यका लागि आफ्नो व्यक्तिगत डाटाको प्रयोगको वेब मार्फत इन्स्टाग्राममा साइन अप गर्ने प्रयोगकर्ताहरूलाई तुरुन्तै सूचित गर्न असफल भएकोमा जरिवाना लगाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया