मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी २० विश्वकप : श्रीलंकाले दियो बंगलादेशलाई १२५ रनको चुनौती

काठमाडौँ – आईसिसी टी २० विश्वकपको समूह ‘डी’ अन्तर्गत जारी खेलमा श्रीलङ्काले बङ्गलादेशलाई १२५ रनको चुनौती  प्रस्तुत गरेको छ । 

टस जितेर बङ्गलादेशले फिल्ड रोजेपछि ब्याटिङ उत्रिएको श्रीलङ्काले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो। श्रीलङ्काका लागि पथुम निसानकाले सर्वाधिक ४७ रन बनाए।

२८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे। धनन्जय डी सिल्भाले २१ रन जोड्दा चरित असालान्काले १९ रन बनाए।

एन्जेलो म्याथ्यूज १६ रनमा आउट हुँदा कुसल मेन्डिसले १० रन जोडे। श्रीलङ्काका अन्य ब्याट्सम्याननले दोहोरो अंक जोड्न सकेनन्।

बङ्गलादेशका लागि रिशाद हुसेन र मुस्ताफिजुर रहमानले समान तीनतीन विकेट लिँदा तस्किन अहमद दुई र तन्जिम हसन साकिबले एक विकेट हात पारे।

समूह ‘डी’को बङ्गलादेश विश्वकपमा पहिलो खेल खेल्दैछ। श्रीलङ्का भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा बङ्गलादेश विजयी सुरुवात गर्न चाहन्छ भने श्रीलङ्का पहिलो जितको खोजीमा हुनेछ। यस विश्वकपमा श्रीलङ्काले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको छ भने बङ्गलादेशको यो पहिलो खेल रहेको छ ।

त्यसैगरी बङ्गलादेश र श्रीलङ्का अहिलेसम्म टी २० खेलमा १६ पटक आमने सामने भएका छन् । जसमा श्रीलङ्काले ११ पटक जितेको छ भने बङ्गलादेशले ५ पटक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?