मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अकबरे खुर्सानीका यति धेरै फाइदा

अकबरे नेपालमा खेती गरिने एक प्रकारको खुर्सानी हो। यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो।

यो खुर्सानी काँचो ,पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ। यो खुर्सानी सलादमा मिसाएर खाना सकिन्छ। त्यस्तै स्पाइसी ड्रिक भनेर हार्ड ड्रिङ्कमा समेत मिसाएर खान थालिएको छ।

यस्ता छन् अकबरे खुर्सानी खानुका फाइदा

–खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ।

– माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ।

– नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ। 

– अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ ।

– अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगहरू निको हुन्छ ।

– अकबरे खुर्सानी नियमित सेवन गर्दा यसले मोटोपना घटाउन मद्दत गर्छ ।

– अकबरे खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धिमात्र होइन अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ ।

– अकबरे खुर्सानी प्रयोग गरेर बनाइएको परिकारमा कीटाणुको सङ्क्रमण कम हुन्छ । यसको सेवनबाट पिसाबको बिरामीलाई समेत फाइदा पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?