मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मान्छे भन्दा पुत्ला बढी भएको विश्वकै अनौठो गाउँ

विश्वको यो अनौठो गाउँ जापानको शिकोकु टापुमा अवस्थित छ जसको नाम नागोरो हो । यो गाउँलाई पुत्लाको गाउँ पनि भनिन्छ ।

यहाँ पुत्लालाई स्थानीय भाषामा स्केरेक्रो भनिन्छ । यहाँ आउने पर्यटकहरु राति धेरै पटक पुत्ला देखेर डराउँछन् । सबैभन्दा अचम्मको कुरा यो गाउँमा ३० जना मात्रै बस्छन् । तर, त्यहाँ ३०० पुत्ला छन् ।

यस गाउँका पसलहरूमा, बस स्टपहरूमा र अन्य ठाउँहरूमा ग्राहकहरूले मान्छे देख्न या नदेखिन पनि सक्छन्, तर तपाईँले पुत्लाहरू अवश्य देख्नुहुनेछ । यो गाउँ पुत्लाको गाउँ बन्ने कथा निकै पुरानो र रोचक छ ।

पुत्लाको गाउँ बन्ने कथा १० वर्षअघि मात्र शुरु भएको थियो । त्यसबेला एउटी महिलाले विद्यालयमा राख्नको लागि पुत्ला बनाएकी थिइन् ।

कुनै समय यो गाउँमा ठूलो सङ्ख्यामा मानिसहरू बसोबास गर्दथे तर कामको खोजीमा मानिसहरू बिस्तारै जान थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?