मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते हुने

काठमाडौँ – काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते आव्हान गरिएको छ । काठमाडौँ महानगरले एक सूचना प्रकाशित गर्दै जेठ ३२ गते राष्ट्रिय सभा गृहमा १५औं नगर अधिवेशन हुने भएको हो ।

सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२औं बैठकको निर्णयानुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ र बागमती प्रदेश सभाबाट जारी भएको गाउँरनगररजिल्ला सभा सञ्चालन ‘कार्यविधि’ ऐन, २०७५ को दफा ३ बमोजिम काठमाडौँ महानगरपालिका नगर सभाको १५औं अधिवेशन देहायको मिति, समय र स्थानमा बस्ने गरी आह्वान भएको हुँदा काठमाडौँ महानगरपालिका, नगर सभाका सम्पूर्ण सदस्यहरूलाई यसै सार्वजनिक सूचनाद्वारा उपस्थितिका लागि अनुरोध गरिन्छ । अधिवेशन २०८१ साल जेठ ३२ गते, शुक्रबार, दिनको १: ०० बजे, राष्ट्रिय सभागृहको सभा हल काठमाडौँमा हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?