मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भक्तपुरको सिद्ध पोखरीमा ‘अभ्यास मनसुन–४’ सम्पन्न

भक्तपुर – भक्तपुरको सिद्ध पोखरीमा तीन दिनदेखि सञ्चालित खोज तथा उद्धार तालिमअन्तर्गत ‘अभ्यास मनसुन–४’ आज सम्पन्न भएको छ । सिद्ध पोखरीमा नेपाली सेनाको सूर्यविनायकस्थित श्री इन्द्रबक्स गणले आयोजना गरेको खोज तथा उद्धार तालिमअन्तर्गत ‘अभ्यास मनसुन–४’ आज सम्पन्न भएको हो ।

वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनीकरण, रोकथाम तथा उद्धार गर्न दक्ष जनशक्ति उत्पादन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय र सुरक्षा फौजको संयुक्त सहकार्यमा भक्तपुरको सिद्ध पोखरीमा यही जेठ २१ देखि २५ गतेसम्म सञ्चालन भएको ‘अभ्यास मनसुन–४’ को आज समापन गरिएको छ । 

“मानिस डुब्न थाले, वरिपरिबाट मानिसहरु चिच्याउन थाले । पल्लो कुनामा डुब्नै लागेको एउटा झुपडीबाट पनि बचाउ बचाउको आवाज आउन थाल्यो । त्यसको केही बेरमै उद्धारकर्ता पोखरीमा फालहालेर डुबेकाहरुको गोताखोरले झै खोजी गर्न थाले । पोखरीको अर्को कुनाबाट फसेकाको उद्धार गर्न एक समूह ¥याफ्टिङ बोटमा बसेर पुगे र उद्धार गरे”, यसरी प्रत्यक्ष अनुभव हुने गरी अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ ।

आजको कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यसवर्ष बाढीपहिरो, भूक्षय, डुबानलगायत जलजन्य प्रकोपको उच्च जोखिम रहेकाले खोज तथा उद्धारकर्ता तयारी अवस्थामा रहनुपर्ने बताए । उद्धारकर्ताको सीप, ज्ञान र कौशलतालाई स्थानीयतहसम्म प¥याउनुपर्ने बताउँदै उनले स्थानीय सरकारले टोलटोलमा यस्ता जनशक्ति तयार पारेर राख्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा श्री १ नम्बर बाहिनी अङ्डाका बाहिनीपति सहायक रथी धु्रवकुमार कार्कीले विपद् प्रतिकार्य अभ्यास सञ्चालन गर्दै विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेनालगायतले पु¥याउने सहयोगलाई विस्तार गर्न अभ्यास उपलब्धिमूलक रहेको बताए । उनले विपद्मा पहिला पुग्ने स्थानीयवासी र स्थानीय सरकार भएकाले उनीहरु जिम्मेवार बन्नुपर्ने बताए ।

उनले स्थानीय तहले दक्ष जनशक्ति तयार पार्नुपर्ने बताउँदै विपद्मा हुने जनधनको क्षति न्यूनीकरणमा सधैँ चनाखो भएर रहनुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, आरएनए १६ ग्रुप लगायत सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?