मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खरबुजामा नुन मिसाएर सेवन गर्दा हुन्छन् यति धेरै फाइदा

काठमाडौँं– गर्मीमा अधिकांश मानिस स्वस्थ रहनको लागि धेरै उपाय अपाउने गर्छ । यस समयमा खानपानसँगै सबै कुरा बदल्ने गर्छ । गर्मीमा हाइड्रेट राख्नको लागि एकदम आवश्यक छ । यसका साथै स्वस्थ पिय पदार्थसँगै अरु तरकारी पनि हाइड्रेट राख्नको लागि मद्दत गर्छ । यसमध्ये खरबुजा पनि एक फाइदाजनक फल हो ।

यसमा भरपुर मात्रामा पानी पाइन्छ । जसले पानीको कमीलाई टाढा राख्नुका साथै धेरै पोषणतत्व पनि पाइन्छ । धेरैजसो मान्छे खरबुजामा नुन राखेर खान मन पराउँछ । यसले स्वादमा मिठास त ल्याउँछ । के खरबुजमा नुन मिसाउँदा स्वाद मात्र बढाउँछ ? होइन । यसको फाइदा अरु पनि छ । अब थाहा पाउनुहोस् खरबुजामा नुन राखेर खानुका फाइदाहरु

पोषणतत्वको मात्रा बढाउँछ
खरबुजामा लाइकोपिन जस्ता पोषण तत्वहरु अध्याधिक मात्रामा पाइन्छ । यसले पाचन प्रणालीलाई प्रभावित गर्छ । साथै पोषण तत्वको कायम गर्न मद्दत गर्छ ।

इलेक्ट्रोलाइट्सको सन्तुलन
खरबुजा हाइड्रेटिङ फल हो । यस्तो अवस्थामा एक चुट्की नुन थप्दा इलेक्ट्रोलाइट्स विशेष गरी सोडियम, जुन तपाई व्यायाम र गर्मीको कारण गुमाउनुहुन्छ । यसले सो भर्न मद्दत गर्छ ।

मिठास बढाउँछ
नुनले खरबुजामा हल्का तितोपन कम गर्छ र यसको प्राकृतिक मिठास बढाउँछ । नुनको प्रयोगले खरबुजाको स्वादमा थप मिठास ल्याउँछ ।

रसदार बनाउँछ
नुनले खरबुजाको मिठास बढाउनका सार्थ बनावटमा सुधार ल्याउँछ । नुनले खरबुजामा रहेको पानीलाई नुनले फलको सतहमा ल्याउँछ । जसले यसलाई अझ रसदार बनाउँछ ।

कुन नुन राम्रो ?
यदि तपाईलाई खरबुजामा नुन मिसाएर खान मन लाग्छ भने सामुन्द्रि नुन वा हिमालयन पिंक नुन प्रयोग गर्न सक्नुहुन्छ । यस प्रकारको नुनले फलको प्राकृतिक स्वादलाई असर नगरी हल्का नुन स्वाद दिन्छ ।

नुनको कति प्रयोग गर्ने
विश्व स्वास्ग संगठन (डब्लु एचओ)का अनुसार सोडियमको दैनिक सेवन प्रति दिनको दुई हजार ३०० मिलीग्राम भन्दा कम हुनुपर्छ । अत्याधिक मात्रामा नुनको सेवनले तपाईको रक्तचाप र मुटु रोगको जोखिम बढाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?