काठमाडौँ – फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा बाबु र छोरी बिचको स्नेह, सम्बन्धको कथा समेटिएको छ भने छोरा पाउन नसक्दा महिलाले भोगेको दुखान्त कथा देख्न सकिन्छ ।
जसले फिल्मले समाजमा रहेको विसङ्गति र विकृतिको कथा रहेकाे बुझ्न सकिन्छ । टिजरमा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा लगायतका कलाकारलाई देख्न सकिन्छ ।
दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी छन् । दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद छ ।
काठमाडौँ र लमजुङ, तनहुँ कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो ।
त्यस्तै सौराहामा आयोजित दक्षिण एसियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया