मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्यूयोर्कस्थित स्टेडियमको पिच चाहेजस्तो नभएको आईसीसीको स्वीकारोक्ति

काठमाडौँ – आईसीसीले जारी टी–२० विश्वकपका खेल भइरहेको अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल स्टेडियमको पिच चाहे जस्तो नभएको स्वीकार गरेको छ ।

पिच बारे आलोचना भएपछि आईसीसीले स्पष्ट पार्दै न्यूयोर्कको यो पिच चाहेजस्तो नभएको उल्लेख गर्दै आउँदा खेलमा यस पिचलाई उत्कृष्ट बनाउने बताएको छ । 

भारत र आयरल्याण्डले आफ्नो समूह खेल अत्यन्तै कठिन विकेटमा खेलेको एक दिन पछि आईसीसीले भनेको छ ‘नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म प्रयोग गरिएका पिचहरू हामीले सबैले चाहेजस्तो भएको छैन । विश्वस्तरीय टिमले भारत–आयरल्याण्डको खेल समाप्त भएदेखि नै परिस्थितिलाई समाधान गर्न र बाँकी खेलहरूको लागि उत्कृष्ट सम्भव पिच बनाउन कडा मेहनत गरिरहेका छन् ।’

यसै पीचमा भारतले आयरल्याण्डलाई ९६ रनमा अलआउट गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई ७७ रनमा अलआउट गरेको थियो । यी खेलका नतिजापछि क्रिकेट विज्ञहरुले यस मैदानका बीच टी २० खेलका लागि उपयुक्त नभएको भन्दै आलोचना गरिरहेका छन् ।

यसै मैदानमा आगामी आइतबार भारत र पाकिस्तानबीचको खेलसहित समूह चरणका ६ खेल हुँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?