काठमाडौँ – श्रीलङ्काले स्पेसएक्सको स्याटेलाइट इकाई इलन मस्कको स्टारलिंकलाई त्यहाँ इन्टरनेट सेवा उपलब्ध गराउन प्रारम्भिक स्वीकृति दिएको छ ।
मस्कले गत महिना इन्डोनेसियामा राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग भेट गरेपछि प्रक्रियालाई अघि बढाएको थियो । श्रीलङ्काको दूरसञ्चार नियामकले सार्वजनिक परामर्शपछि यसलाई कार्यान्वयनमा लगिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मस्क र विक्रमासिङ्घेले श्रीलङ्काको ग्रामीण क्षेत्रमा इन्टरनेट जडान विस्तार गर्ने र नवीकरणीय ऊर्जामा सम्भावित सहकार्यका बारेमा छलफल गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया