काठमाडौँ – पछिल्लो समय भाइरल बनिरहेको गीत ‘बडो बडी’ युट्युबबाट हटेको छ । यसलाई पाकिस्तानी मूलका ब्रिटिस गायक चाहत फतेह अलि खानले गाएका थिए भने बेसुरा भए पनि भाइरल भएको थियो ।
खानले गत अप्रिलमा उक्त भिडिओ युट्युबमा अपलोड गरेका थिए । सार्वजनिक भएको दुई महिनामै ‘बडो बडी’ गीतले २८ मिलियन ९दुई करोड ८० लाख० बढी भ्युज पाएको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कपिराइटको कारण देखाउँदै युट्युबले बुधबार भिडिओ हटाएको हो ।
पाकिस्तान बाहेक भारत र अन्य केही देशमा चर्चित बनेको अनौठो शैलीको उक्त गीतलाई कतिले मनोरञ्जनका रूपमा लिए भने कतिले अर्थ न बर्थको गीत भएको टिप्पणी गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गीत पाकिस्तानी गायिका मलिका तारामन नूरजेहनको ‘अख लडी बडो बडी’बाट लय र शब्द दुरुस्तै उतारिएको आरोप लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया