मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी फिल्मको सूचि सार्वजनिक

काठमाडौँ –  ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ । 

आगामी असार ६ देखि ९ गतेसम्म अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन हुने छन् । 

महोत्सव निर्देशक पूर्णसिंह बराइलीका अनुसार महोत्सवको सुरुआतमा नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ र समापनमा ‘द रेड सुटकेस’ प्रदर्शन गरिने छ । 

त्यस्तै  ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ विधाअन्तर्गत ‘इन सर्च अफ रिजोलुसन (डकुमेन्ट्री, नेपाल)’, ‘द स्ट्रेट गाइज (डकुमेन्ट्री, जर्मनी)’ प्रदर्शन गरिनेछ । 

यस्तै ‘स्पटलाइट’ विधातर्फ ‘वखरी (फिचर ड्रामा, पाकिस्तान–अमेरिका)’, ‘फिचर’ विधामा ‘अलि भर्सेस अलि (डकुमेन्ट्री, इरान)’, ‘डाइभर्सिटी प्लाजा (डकुमेन्ट्री नेपाल–अमेरिका)’, ‘मम (डकुमेन्ट्री, मेक्सिको)’, ‘नोर्चाः द अर्थक्वेक (डकुमेन्ट्री, इटाली)’, ‘ढोरपाटन–नोट विन्टर होलिडेज (डकुमेन्ट्री, नेपाल)’ र ‘प्रवीण (कथानक, इरान)’ लगायतका फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

चार दिनसम्म चल्ने महोत्सवमा छनोट भएका चलचित्र एएफआइ सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुनेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने छ ।

महोत्सव अवधिभर चलचित्र र संस्कृतिबारे छलफल गरिने जनाइएको छ । चलचित्र निर्माणबारे ‘मास्टरक्लास’ पनि सञ्चालन हुने आयोजकको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?