मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडका चर्चित फिल्म निर्माताको निधन, उद्योगमा शोक !

काठमाडौँ – बलिउडका चर्चित फिल्म निर्माता राज ग्रोवरको निधन भएको छ । ८७ वर्षको उमेरमा निर्माताको गत जुन ४ मा न्यू जर्सीको ओल्ड ब्रिजस्थित उनको घरमा निधन भएको थियो । सञ्चारमाध्यमका अनुसार उनको मृत्यु सुतिरहेको अवस्थामा भएको जनाइएको छ ।

फिल्म निर्माता राज ग्रोवरले बलिउडमा महत्वपूर्ण योगदान दिएका छन् । राज ग्रोवरले १९८२ मा विनोद खन्ना, परवीन बबी र राखी अभिनीत फिल्म ुतक्तातु निर्माण गरेका थिए। यसबाहेक उनले अनिल कपूर र अमृता सिंहको फिल्म ‘ठिकाना’ पनि निर्माण गरेका थिए । फिल्म निर्माणका अलावा राज ग्रोवरले ‘द लिजेन्ड्स अफ बलिउड’ नामको किताब पनि लेखेका छन् ।

राज ग्रोवरको निधनले चलचित्र जगतमा शोकको लहर छ । सामाजिक सञ्जालमा मानिसहरुले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?