काठमाडौँ – विजय सेतुपतिले अभिनेत्री कृति शेट्टीसँग फिल्ममा रोमान्टिक भूमिका खेल्न अस्वीकार गरेका थिए । त्यसपछि विजय सेतुपतिले यसबारे केही भनेनन् । तर अहिले उनले कारण भनेका छन् । विजय सेतुपतिले फिल्म डीएसपीमा कृति शेट्टीसँग रोमान्टिक भूमिका गर्न अस्वीकार गरेका थिए । अब उनी छिट्टै जुन १४ मा रिलिज हुने फिल्म ‘महाराजा’ मा देखिनेछन् ।
विजय सेतुपतिले ‘महाराजा’ को प्रमोशनका क्रममा ‘बिहान्डवुड्स’ लाई भने कि उनले कृति शेट्टीसँगको भूमिकालाई अस्वीकार गरे किनभने उनले फिल्म ‘उप्पेना’ मा कृति शेट्टीको बुबाको भूमिका निभाएका थिए। यो फिल्म सन् २०२१ मा रिलिज भएको थियो । तर डिएसपीका निर्माताहरूलाई यो थाहा थिएन कि पर्दामा विजय सेतुपति र कृति शेट्टीले बुबा र छोरीको भूमिका निर्वाह गरेका थिए।
विजय सेतुपतिले फिल्म ‘उप्पेना’ को सुटिङको एक घटना सुनाए, जब कृति शेट्टी उनीसँग शूट गर्न नर्भस थिइन्। त्यसपछि अभिनेताले कृति शेट्टीलाई आफ्नो वास्तविक बुबाको रूपमा हेर्दै उनलाई शूट गर्न आग्रह गरे। विजय सेतुपतिले कृति शेट्टी आफ्नो छोराभन्दा केही वर्ष जेठी भएको र सो भूमिका अस्वीकार गरेको बताए ।
पछि यस फिल्ममा विजय सेतुपतिको अपोजिट अनुकृति व्यासलाई साइन गरिएको थियो । तर जब अभिनेतालाई नायिका कृति शेट्टी हुने थाहा भयो, उनी अलमलमा परे । अभिनेताका अनुसार बाबु छोरीको भूमिकामा उनलाई र कृति शेट्टीलाई देशका जनताले धेरै माया दिएका छन् । फिल्म हिट भयो । यस्तो अवस्थामा उनले कृति शेट्टीसँग फिल्ममा कसरी रोमान्स गर्न सक्छन् ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया