काठमाडौँ – बलिउडको ‘सिंघम’ अर्थात अजय देवगनको आगामी फिल्म ‘रेड २’ को सुटिङ सकिएको छ । यो अजय देवगनको २०१८ को सुपरहिट फिल्म ‘रेड’ को सिक्वेल हो, जसको कथा पनि सार्वजनिक भएको छ । ‘रेड २’ मा अजय देवगन आयकर विभागका वरिष्ठ अधिकारीको भूमिकामा देखिँदैछन् ।
अजय देवगन, रितेश देशमुख र वाणी कपुरले यो फिल्मको सुटिङ पूरा गरेका छन् । यो चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गर्दैछन् । ‘रेड २’ को छायांकन उत्तर प्रदेश, राजस्थानमा व्यापक रुपमा गरिएको बताइएको छ । हाल फिल्म पोस्ट प्रोडक्सनको चरणमा छ ।
यस पटक फिल्मको कथा उत्तर प्रदेशका एक राजनीतिज्ञ र व्यापारीको वास्तविक कथाको वरिपरि बुनेको छ, जसले करिब १०० करोडको कर घोटाला गरेका छन्। यद्यपि नाम भने खुलाइएको छैन । यो फिल्म यसअघि नोभेम्बर १५ मा रिलिज हुने थियो ।
तर अब यो फिल्म २६ फेब्रुअरी २०२५ मा शिवरात्रीको अवसरमा रिलिज हुँदैछ । यसका निर्माताले केही समयअघि जानकारी दिएका थिए । यसको सट्टा ‘सिंघम अगेन’ नोभेम्बर १५ मा दिवालीमा रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया