मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनाकोठीको भङ्गारेश्वर महादेव मन्दिर पुरानै शैलीमा निर्माण हुने

ललितपुर – ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेवको मन्दिर पुरानै शैलीमा पुनः निर्माण हुने भएको छ । वि.सं. १९९० को भूकम्पले भत्काएपछि पुरानै शैलीमा पुनः निर्माण नभएको भृङ्गारेश्वर महादेवको मन्दिर पुरानो टुँडालस्वरुपमा निर्माण हुने भएको छ । 

ललितपुरको सुनाकोठी धार्मिक तथा पर्यटकीय दृष्टीकोणले राम्रो भएकाले भृङ्गारेश्वर महादेवको ऐतिहासिक मन्दिरलाई पुरानो कलात्मक शैलीमा पुनः निर्माण गर्न लागेको ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिए । 

उनका अनुसार प्राचीनकालमा निर्मित भृङ्गारेश्वर मन्दिर वि.सं. १९९० को भुकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । प्राचीनकालमा निर्माण भएको मन्दिरलाई महानगरपालिकाको सहयोगमा पुरानो शैलीमा पुनः निर्माणको लागि डिपिआर प्रक्रिया अघि बढेको छ । 

वडाध्यक्ष महर्जनले भने, “सुनाकोठीलाई धार्मिक तथा पर्यटकीय रुपमा चिनाउनका लागि हामीले काम गरिरहेका छौँ, ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेव मन्दिरलगायत अन्य मठमन्दिर पनि छन्, हामीले निर्माण र संरक्षण गरिरहेका छौँ ।” 

ऐतिहासिक सम्पदा भृ्ङ्गारेश्वर महादेव मन्दिरलाई पहिलेकै स्वरुपमा पुनः निर्माण गरेर मन्दिर परिसरमा रहेका अन्य मन्दिरलाई थप व्यवस्थित बनाउनुपर्ने भृङ्गारेश्वर सुधार तथा वृद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनको बताए । 

उनका अनुसार भृङ्गारेश्वर महादेवको मन्दिर परिसरमा बालकुमारी त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, गणेश मन्दिर र भृङ्गारेश्वर महादेवको भजन गर्ने धर्मशाला लगायतका ऐतिहासिक सम्पदा रहेका छन् । वि.सं. २०७२ को भुकम्पले क्षति गरेका कतिपय ऐतिहासिक संरचना भने पुनः निर्माण भइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?