मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

धरान – सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?