मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘आदिवासी जनजाति चलचित्र महोत्सव’मा आजबाट सर्ट फिल्म डकुमेन्ट्री प्रदर्शन हुने

काठमाडौँ – जारी ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ मा आजबाट सर्ट फिल्म डकुमेन्ट्रीहरू प्रदर्शन गरिने भएको छ ।

महोत्सवमा बिहीबारदेखि तीन दिन फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित ९ वटा चलचित्र प्रदर्शन गरिनेछ ।

जसमा दुई वटा अन्तर्राष्ट्रिय फिल्म पनि समावेश भएका छन् । महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिनेछ । 

महोत्सव आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा जारी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?