भक्तपुर – विद्यार्थीहरूका लागि नोबेल पुरस्कारको रूपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा प्रतिस्पर्धा गर्न तीन जना नेपाली विद्यार्थीको टोली भारतको मुम्बई जाने भएका छन् ।
हल्ट प्राइज कम्पिटिशनमा भाग लिन उनीहरू बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई जान लागेका हुन् । हल्ट प्राइज नयाँ आइडिया निकाल्न गरिने एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
भक्तपुरको चाँंगुनारायण दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुर भक्तपुरमा सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरु लजिता भट, लिजा तामाङ र संयम मानन्धर प्रतिस्पर्धामा भाग लिन जान लागेका हुन् ।
विद्यार्थीको विदाई तथा शुभकामना दिन बुधबार कलेजले कार्यक्रम गरेको थियो । कलेजका अनुसार उनीहरू बिहीबार मुम्बईका लागि प्रस्थान गर्ने छन् । उनीहरूको तीन जनाको समूहले तीन दिनसम्म त्यहाँ आफूभित्र रहेका नयाँ आइडियालाई प्रस्तुत गर्नेछन् ।
कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख उपप्राध्यापक विष्णुप्रसाद भण्डारीले कलेजको प्लेन टिकट, खाने, बस्ने सम्पूर्ण सुविधाबाट विद्यार्थी त्यता जान लागेका हुन् । कलेजले आन्तरिक प्रतियोगिता गरी सर्वोत्कृष्ट हुन सफल विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन त्यता जान लागेको उनले सुनाए ।
कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीका अनुसार सिभिल इन्जिनियरिङका ती विद्यार्थी सेमिफाइनलमा प्रवेश पाई प्रतिस्पर्धाका लागि जान लागेको हुन् । त्यहाँबाट उत्कृष्ट भए उनीहरूको अर्को तहको प्रतिस्पर्धाका लागि बेलायतको लन्डन जान पाउने उनले सुनाए ।
प्रतियोगिता प्रत्येक वर्ष चल्दै आएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ ।
विद्यार्थीहरूका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया