काठमाडौँ – युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा युगाण्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।
पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछाएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो ।
समुह सी मा रहेको युगाण्डाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितसँगै युगाण्डाले २ महत्त्वपूर्ण अंक हासिल गरेको छ ।
त्यस्तै पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब युगाण्डाले अर्को खेल जुन ९ मा वेस्ट इन्डिजसँग खेल्ने छ । त्यस्तै पिएनजीले अर्को खेल जुन १४ मा अफगानिस्तानसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया