भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका – १० भातेढिकुरबाट बुधबार प्रहरीले चार जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक भई काठमाडौँ बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५० को छिग छियालिग, वर्ष २४ को क्यो हावरण र वर्ष ३६ को डेना लाइयू रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा ७० प २८७२ नम्बरको ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनीहरूको साथबाट स्रोत नखुलेको ६९ लाख पाँच हजार नेपाली रुपैयाँ बरामद भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई थप कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया