काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज दर्शकमाझ ठीकै छ । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने साम्राज्ञी दर्शकले अत्यधिक मन पराउने नायिकाको सूचीमा पर्छिन् ।
उनले अभिनय गरेका फिल्मले चर्चा पनि कमाउने गर्छन् । केही वर्षअघि उनले अभिनय गरेका फिल्मको डिजिटल राइटस् पनि महङ्गोमा विक्री हुने गरेको थियो । फिल्ममा उनलाई लिन पनि निर्माता तथा निर्देशकबीच हानथाप नै हुन्थ्यो । साम्राज्ञीले पनि छानेर मात्र फिल्ममा काम गर्ने बताउँदै आएकी थिइन् ।
उनको पहिलो फिल्म ‘ड्रिम्स’ रिलिज भएदेखि नै उनको क्रेज चुलिँदै गएको थियो । तर, पछिल्ला केही वर्षयता भने उनका फिल्मले खासै कमाल देखाउन सकेका छैनन् ।
अनमोल केसीसँग स्क्रिन शेयर गरेको उनको पहिलो फिल्म ‘ड्रिम्स’ बाहेक ‘इन्टु मिन्टु लण्डनमा’, ‘रातो टीका निधारमा’, ‘ए मेरो हजुर २’, ‘नाङ्गो गाउँ’, ‘कायरा’, ‘मङ्गलम’ लगायतका फिल्ममा अभिनय गरेकी साम्राज्ञीको फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनका क्रममा छ ।
प्रायः फिल्ममा प्रेमिकाको भूमिकामा देखिएकी साम्राज्ञी प्रदर्शनका क्रममा रहेको ‘लण्डन टु पेरिस’ मा पनि प्रेमिकाकै भूमिकामा देखिएकी छिन् ।
आफ्नो सुन्दरता र बोल्डनेसका कारण चर्चामा रहने साम्राज्ञीको क्रेज पछिल्लो समय भने खासै देखिँदैन । उनको पछिल्लो फिल्म ‘लण्डन टु पेरिस’ रिलिजअघि खासै चर्चामा छैन । जबकि, यो फिल्म यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
फिल्मको खासै हाइप नहुँदा उनको फिल्मले दर्शकको साथ कस्तो पाउने हो, त्यो भने हेर्न बाँकी छ । विवादमा आइरहने साम्राज्ञी त्यही विवादका कारण स्टारडम खस्किएको हो कि भनेर पनि कतिपयले आँकलन गर्ने गरेका छन् । जे होस्, उनको अहिले पहिलेको जस्तो क्रेज भने छैन ।
यो फिल्मबाट उनको स्टारडम बढ्ने हो या झन् ओरालो लाग्ने हो, त्यसका लागि भने धेरै समय कुनुपर्ने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया