मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि चौथो आदिवासी चलचित्र महोत्सव

काठमाडौँ –  ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ आजदेखि शुरु हुँदै छ । 

महोत्सवमा नेपालका लिम्बू, तामाङ, गुरुङ र मगरलगायत भाषाका चलचित्रका साथै अन्य देशका आदिवासीका चलचित्र तथा वृत्तचित्र पनि प्रदर्शन हुने आयोजक आदिवासी जनजाति चलचित्र महासङ्घ अध्यक्ष पुर्खाजित राईले जानकारी दिए। 

आदिवासी जनजाति चलचित्र महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोक प्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवर्द्धनका साथै पर्यटन विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवको यो चौथो संस्करणमा फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, पब्लिक च्वाईस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?