काठमाडौँ – म्यानचेस्टर सिटीबाट खेलिरहेका बेल्जियममा प्ले मेकर केभिन डी ब्रुने साउदी लिगमा जाने संकेत गरेका छन् । ब्रुनेको सिटीमा अर्को सिजनसम्म सम्झौता रहेको छ ।
उनले साउदी लिगमा जान आफू खुला रहेको बताउदै यसको कारण पैसा भएको बताएका छन् । ३२ वर्षीय ब्रुनेले बेल्जियमको पत्रिकासँगको अन्तर्वार्तामा आफू साउदी जान खुला रहेको बताएका हुन् ।
उनले सिटीमा प्रति साता ३ लाख ८३ हजार डलर पारिश्रमिक पाउँछन् । ब्रुनेले आफू दुई सिजन खेलेमा युरोपमा १५ वर्ष खेले बराबरको पैसा पाउने उल्लेख गर्दै सिटी पछि साउदी जान सक्ने बताए ।
तर उनले अहिले नै साउदी जाने भन्ने बारेमा भने स्पष्ट गरेका छैनन् । साउदी लिगले ब्रुनेलाई भित्र्याउने बारे छलफल शुरु गरेको रिपोर्टमा बताइएको छ । क्रिस्टियानो रोनाल्डो साउदी लिग गएपछि अहिले नेइमारसहित दर्जनौँ खेलाडी युरोप छोडेर साउदी गएका छन् ।
जस मध्ये करिम बेन्जमासहितका खेलाडी साउदीमा सेटल हुन सकेनन् भने अन्य खेलाडी साउदी लिगमा जमिरहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया