मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोदीको वाराणसीबाट ‘ह्याट्रिक’ जित, मतान्तर भने घट्यो

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतार प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन् । मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन् ।

मोदीले ६ लाख १२ हजार ९७० मत प्राप्त गरेका छन् भने रायले ४ लाख ६० हजार ४५७ मत पाएका छन् ।

यस पटक मोदीको जित अन्तर भने घटेको छ । अघिल्लो २०१९ को निर्वाचनमा मोदीले समाजवादीकी शालिनी यादवलाई ४ लाख ७९ हजार ५०५ मतान्तरले पराजित गरेका थिए ।

२०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ३ लाख ७१ हजार ७८४ मतान्तरले हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?