मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन माग

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का सांसद कृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी उपलब्ध गराउन माग राखेका छन् ।

उनीहरुले बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताको माग गर्दै शान्तिवाटिकामा ३६ दिनदेखि अनशनरत अपाङ्गता भएका दीपक भण्डारी बिरामी भएर अस्पतालमा भर्ना भएका सदनलाई अवगत गराए ।

अपाङ्गता भएका व्यक्तिसम्बन्धी ऐन २०७४ लागू गर्नुपर्ने र तत्काल अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहयोगीको उपलब्ध गराउनुपर्नेमा सांसद परियारले जोड दिए ।

सांसद अधिकारीले सहाराविहीन अपाङ्गता भएका व्यक्तिलाई सहयोगीको व्यवस्था गर्ने नियामावलीलाई यथाशीघ्र लागू गर्न सम्बन्धित मन्त्रालयलयाई निर्देशन दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?