मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतको उत्तर प्रदेशमा उलटफेर, भाजपालाई चुनौती दिदै समाजवादी पार्टी

काठमाडौँ– भारतको लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनामा अहिलेसम्म एनडीए गठबन्धन अगाडी रहेको छ भने इन्डिया गठबन्धनले कडा चुनौती दिएको देखिएको छ ।

अहिलेसम्म एनडीए गठबन्धन २९३ स्थानमा अगाडि छ भने इन्डिया गठबन्धन २३२ स्थानमा अगाडि रहेको छ ।

विपक्षी गठबन्धनले सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशमा ठूलो जित हासिल गर्ने संकेत देखिएको छ । ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि रहेको छ । जबकी २०१९ को निर्वाचनमा भाजपाले ७२ सिट जितेको थियो । यस पटक समाजवादी पार्टी ३४ र कांग्रेस ७ सिटमा अगाडि रहेको छ ।
   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?