आमाबुबा बने नताशा र वरुण धवन 

काठमाडौँ – अभिनेता वरुण धवन र उनकी पत्नी नताशालाई सन्तान प्राप्ति भएको छ ।

नताशाले मंगलबार छोरीलाई जन्म दिएकी छन् । वरुणका पिता तथा बलिउड निर्देशक डेभिड धवनले घरमा लक्ष्मीले जन्म लिएको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

सुत्केरी व्यथाले च्यापेपछि नताशालाई बिहान अस्पतालमा भर्ना गरिएको थियो । नताशा र वरुण पहिलो पटक आमाबाबु बनेका हुन् । 

उनीहरूले २४ जनवरी २०२१ मा विवाह गरेका थिए । त्यसको तीन वर्षपछि पहिलो सन्तानलाई स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?