अनुहारको सौन्दर्य बढाउन बरफको प्रयोग गर्ने गरिन्छ । यसले छाला सुन्दर राख्न मद्दत गर्छ । हामी यो प्रदूषित वातावरण र चर्को घाममा दिनभर भाग दौड गरिरहेका हुन्छौ ।
यसकारण अनुहारमा बरफ लगाउँदा यसले तनाव कम गर्नुका साथै छालालाई पनि सफा र सुन्दर बनाउँछ ।
यसरी लगाउनुहोस् अनुहारमा बरफ
–आइस लगाउँदा डाईरेक्ट नभएर नरम कपडामा आइस क्युब बेरेर अनुहारमा बिस्तारै मसाज गर्नुपर्छ ।
–छालामा सिधै आइस क्यूबहरू प्रयोग गर्नुहुँदैन । यसले छालाको मुनिको केशिकाहरूलाई हानि पुर्याउन सक्छ ।
–आइस क्युब बनाउँदा दूध मिसाएर अनुहारमा लगाउनुहोस् । दूधमा ल्याक्टिक एसिड हुन्छ जसले छालाको मृत कोशिकाहरूलाई स्क्रब गर्छ र छालालाई प्राकृतिक चमक दिन्छ ।
–अनुहारमा आइस लगाउनाले समयभन्दा पहिले आउने बुढ्यौली र चाउरीपना रोक्न मद्दत गर्दछ ।
–यसले छालामा रक्तसञ्चार सुधार्न मद्दत गर्छ साथै छालाको चिल्लोपन पनि कम गर्छ । यसका साथै अनुहारको थकान हट्छ र छालाको टोनमा सुधार हुन्छ ।
यस्ता छन् अनुहारमा बरफ लगाउनुका फाइदाहरू
– अनुहारमा बरफ लगाउँदा रक्त प्रवाह बढाउँछ अनि सुन्निएको पनि कम हुन्छ । डन्डीफोर आउन दिँदैन ।
– छालामा बरफ लगाउँदा खुल्ला छिद्रहरू अस्थायी रूपमा साना हुन्छन् । मेकअप गर्नु अघि अनुहारमा बरफ दल्दा यसले छालामा प्राकृतिक प्राइमरको काम गर्दछ ।
– आँखा वरिपरि बरफ लगाउँदा आँखा सुन्निएको कम हुँदै जान्छ । आँखाको डार्क सर्कल हटाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया