मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौंमा असिना पानी, गर्मीबाट राहत

काठमाडौं– काठमाडौंमा हावाहुरीसहित भारी वर्षा भएको छ । मंगलबार दिउँसो काठमाडौंका केही स्थानमा असिनापानी परेको हो ।

दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको जल तथा मौसम विज्ञान विमाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मकवानपुर आसपास मध्यम वर्षा भइरहेको छ। त्यस्तै मधेसको बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ। 

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ  ।

काठमाडौंमा पानी परेसँगै अचाक्ली गर्मीबाट केही राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?