काठमाडौँ – नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्त निलम्बनमा परेका छन् । विमानस्थलमा उडान सुरक्षा सम्बन्धी कानुनी दायरा नाघेको भन्दै नेपाल उड्डयन प्राधिकरणले उनीहरूलाई निलम्बन गरेको हो ।
उनीहरूमाथि निषेधित क्षेत्रमा फोटो खिचेको तथा अन्तरवार्ता दिएको आरोप छ । लामाले विमानस्थल परिसरमा निगमको जहाजसहितको फोटो खिचेर फेसबुकमा हालेका छन् भने पन्तले एक च्यानललाई संवेदनशील क्षेत्रमै अन्तरवार्ता दिएकी थिइन ।
क्याप्टेन लामा यसअघि पनि बारम्बार उडान सुरक्षा उल्लङ्घन गरेर निलम्बनमा परेका व्यक्ति हुन् । जहाँ पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ र लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने पाइलट हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया