मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेलिग्राममा पनि कोपाईलट सुविधा, हुने छ यी सहजता

काठमाडौँ – सामाजिक सञ्जाल टेलिग्राममा पनि कोपाईलट सुविधा उपलब्ध हुन थालेको छ ।

माइक्रोसफ्टको एआई च्याटबट कोपाइलट औपचारिक रूपमा  टेलिग्राममा उपलब्ध भएको हो । यसले अनुवाद गर्ने, प्रश्नको जवाफ दिने, सल्लाह सुझाव दिने, कन्टेन्ट सारांश गर्ने जस्ता सामान्य रूपमा कोपाइलटले गर्ने कामहरू नै गर्छ । 

बेटा भर्सनमा सीमित यो फिचरले अहिले कोपाइलट जसरी तस्वीरहरू भने तयार पार्न सक्दैन ।

यसको प्रयोगका लागि सर्च बक्समा गएर CopilotOfficialBot अथवा Microsoft Copilot भनेर सर्च गर्नुपर्छ । त्यसपछि त्यहाँ एउटा भेरिफाइड च्याटबट देखिन्छ । 

यो माइक्रोसफ्टको आफ्नै प्लेटफर्ममा बाहेक थर्ड पार्टी एपमा पहिलो पटक कोपाइलट उपलब्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?