मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारत र बङ्गलादेशका पत्रकार रासस तस्वीर प्रदर्शनीमा

काठमाडौँ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ‘सार्क’ क्षेत्रका पत्रकारको संस्था सार्क जर्नालिष्ट फोरमका पदाधिकारीसहित नेपाल भ्रमणमा रहेका भारत र बङ्गलादेशका पत्रकारले राष्ट्रिय समाचार समिति ‘रासस’ मा जारी गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् ।

प्रथम अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनमा भागलिने सिलसिलमा काठमाडौँमा रहेका उनीहरूले आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयका साथै तस्बिर प्रदर्शनी अवलोकन गरेका हुन् ।

उक्त फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा ‘नेपाल’, महासचिव मोहम्मद अब्दुर रहमान ‘बङ्गलादेश’ र शशी भूषण ‘विहार–संयोजक, भारत’ नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलगायत पत्रकारले प्रदर्शनी अवलोकन गरे ।

उक्त टोलीलाई राससका सञ्चालक समिति सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारी र प्रमुख समाचारदाता एकराज पाठकले राससको समाचार उत्पादन, सम्पादन र वितरण प्रक्रियाबारे अवगत गराएका थिए।

प्रदर्शनीमा राखिएका तस्बिरबारे वरिष्ठ समाचारदाता प्रकाश सिलवाल र फोटो पत्रकार रत्न श्रेष्ठले जानकारी दिएका थिए । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट प्रदर्शनीको उद्घाटन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?