मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलाकार तथा निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ– कलाकार तथा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट आज (सोमवार) पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीविरुद्ध ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । सो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका थिए ।

यी दुईबीचको लफडा सोही फिल्मको प्रदर्शनको विषयलाई लिएर शुरु भएको थियो । निर्माता बस्नेतले आफ्नो मञ्जुरीविना चलचित्र प्रदर्शन गरेर करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए ।

बस्नेतले आफ्नो अनुमतिविना फिल्म बेचेको, फिल्म निर्माण गर्ने भनेर फसाएको लगायतका आरोपसमेत लगाएका छन् ।

‘मलाई पूरै योजनाबद्ध रुपमा फसाइयो, मेरो अनुमतिविना विदेशमा बेच्दा ९० लाख घाटा भयो, यो फिल्म बनाएर एक कप चिया खाने पैसा पनि कमाइनँ,’ जोय नेपालसँगको प्रतिक्रियामा बस्नेतले भने, ‘फिल्मको तिर्नुपर्ने पैसा मैले तिर्नुपर्ने तर बेच्न नपाउने गरियो, असम्बन्धितलाई फिल्म बेच्न दिइयो तर मलाई दिइएन ।’

साथै उनले थापाको प्रकाउबारे आफूले जानकारी नपाएको र प्रहरीले अहिलेसम्म छलफलका लागि नबोलाएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?