काठमाडौँ– लामो समयदेखि चलचित्र क्षेत्रमा काम गर्दै आएका व्यक्तिलाई चलचित्रकर्मी परिचय पत्र वितरण गर्ने भएको छ । चलचित्र विकास बोर्डले जेठ १७ गते एक सूचना जारी गर्दै परिचय पत्र वितरण गर्ने जनाएको हो ।
चलचित्र माध्यमबाट राष्ट्रलाई गरेको योगदानको कदर स्वरुप स्वदेशी क्षेत्रमा निरन्तर योगदान गर्ने विभिन्न विधाका चलचित्रकर्मीलाई सो पत्र वितरण गर्न लागेको संघले जनाएको छ ।
इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको आवश्यक कागजातसहित आवेदन दिन सक्ने सोे सूचनामा उल्लेख गरिएको छ । नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, चलचित्र क्षेत्रमा गरेको योगदानका लागि प्राप्त सम्मान, पुरस्कार, आदिको प्रमाणपत्र, हालसालै खिचेको फोटोसहित आवेदन दिन सक्ने बोर्डले जनाएको छ । इच्छुक व्यक्तिले बोर्डका इमेलमा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया