साउना बाथको चलन शताब्दी देखिनै चलेको हो । विशेष गरी फिनल्यान्ड र युरोपेली देशमा यसको प्रचलन पाइन्छ । अहिले अधिकांश देशमा स्टिम र साउनाको माग बढेको छ ।
स्टिम र साउनाले शरीरमा रगत सञ्चालनमा फाइदा गर्छ । तातोले नसा खुलाउने काम गर्छ र मुटु रोगीका लागि फाइदा पुग्छ । यसलाई हप्तामा १–२ पटक प्रयोग गर्यो भने उच्च रक्तचाप भएकाहरूको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन मद्दत मिल्छ ।
वातावरणको धुलोधुँवाले गर्दा हामी थकित भएका गर्छौँ । स्टिम र साउनामा आधा–एक घण्टा बसेपछि आनन्द महसुस हुन्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरू खोलेर ‘फ्रेस’ बनाउँछ । शरीरमा टाँसिएको धुलोधुँवाका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ । जसले छाला सफा हुन्छ र अनुहारमा भएका डन्डीफोर हटेर जान्छन् ।
स्टिम र साउना बाथ लिँदा धेरै पसिना बग्ने हुँदा त्यसबेला १–२ लिटर नुन र कागती हालेर पानी पिउनुपर्छ । स्टिम र साउना बाथ साना बच्चाहरु, गभवर्ती महिला र छारेरोग भएका मान्छेले गर्नु हुँदैन ।
साउना बाथका फाइदाहरुः
– शरीरमा भएका विकारलाई हटाउँछ
– तनावबाट मुक्ति दिलाउँछ
– छालामा जमेको फोहोर निकालेर सफा बनाउँछ
– निरन्तरको स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ
– स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ
– शरीरले आनन्द महसुस गर्छ
गर्मी मौसममा भन्दा जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरू धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ ।
स्टिम र साउनासँगै आयुर्वेदिक ट्रिटमेन्ट (मसाज, फेसियल आदि) गर्दा शरीरलाई धेरै फाइदा पुग्छ । बुढेसकाल लागेसँगै उठ्न र बस्न गाह्रो हुनेहरूले स्टिम र साउना लिँदा उपयुक्त हुन्छ । जोर्नीहरू कडा भएर हिँडडुल गर्न गाह्रो हुनेहरूलाई स्टिम र साउना बाथले जोर्नीहरु खुकुलो बनाउन सहयोग गर्छ ।
साथै नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना बाथ राम्रो विकल्प हो । प्रशस्त पसिना निस्कने भएकाले यसले क्यालोरी बर्न गर्न मद्दत गर्छ ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया