मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पृथ्वीमा अर्को सौर्य आँधी आउन सक्ने नासाको प्रक्षेपण 

काठमाडौँ– केही समययता सूर्यमा लगातार साना ठूला विस्फोटहरू भइरहेका छन् ।  अमेरिकी स्पेस एजेन्सी (नासा)ले गत शुक्रबार र शनिबार सूर्यको सतहमा दुई वटा ठुला विस्फोटहरू भएको जनाएको छ ।  पृथ्वीमा समेत यसको प्रभाव अरोराहरू र अस्थायी रेडियो ब्ल्याकआउटका रूपमा हुने गरेको वैज्ञानिकहरूको दाबी छ । 

गत महिना अर्थात् मे २७ मा मात्रै अमेरिकी स्पेस एजेन्सी (नासा)ले सूर्यको सतहमा दुई वटा ठुला विस्फोटहरू भएको जनाएको थियो ।  जसका कारण अन्तरिक्षमा छरिएको प्रकाश अर्थात् अरोरा विश्वभर देखिएको थियो । 

यसैबीच नासाले फेरी अर्को सौर्य आँधीको चेतावनी जारी गरेको छ । यस कारण, अरोराहरू पृथ्वीमा फेरि देखिन सक्ने बताइएको छ । 

नासाका अनुसार सूर्यमा ठूलो विस्फोट भएपछि ऊर्जा, प्रकाश र उच्च गतिका कणहरू अन्तरिक्षमा घुमिरहेका वैज्ञानिकहरूको भनाई छ । 

यद्यपि, यसले मानिसमा प्रत्यक्ष प्रभाव पार्दैन, किनभने पृथ्वीको चुम्बकीय क्षेत्रले सौर्य आँधीहरूलाई ग्रहमा प्रवेश गर्न दिँदैन । यदि, सौर्य आँधी धेरै शक्तिशाली भएको अवस्थामा, यसले हाम्रो बिजुली ग्रिडलाई असर गर्न सक्छ । तल्लो(पृथ्वी कक्षमा तैनाथ गरिएका भूउपग्रहहरूलाई नष्ट गर्न सक्छ ।

हाम्रो सूर्य धेरै सक्रिय चरणमा रहेकोले ज्वाला निस्किरहेको र त्यसको प्रभावले पृथ्वीमा सौर्य आँधी आउने गरेको नासाले जनाएको छ । यो क्रम सन् २०२५ सम्म जारी रहन सक्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?