काठमाडौँ – जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान भूकम्प धक्का महसुस भएको छ ।
जापानको मौसम विभागकाअनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो । विभागले सुनामीको चेतावनी जारी गर्दै भूकम्प आए पनि यस पटक भने यस्तो सम्भावना नरहेको जनाएको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण भन्ने आइनसकेको द जापान टाइम्सले जनाएको छ ।
यसअघि अप्रिल १ र जनवरी ७ मा क्रमशः ६ दशमलव १ र ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प जाँदा ५० जनाभन्दा धेरैको ज्यान गएको थियो । धेरै भवनमा क्षति पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया