मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टोमसदोत्तिर बनिन् आइसल्याण्डको राष्ट्रपति

काठमाडौँ – व्यवसायी एवं लगानीकर्ता हाल्ला टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

५५ वर्षीय टोमसदोत्तिरले ३४.३ प्रतिशत मत ल्याएर पूर्वप्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरलाई पराजित गरेको अल जजिराले उल्लेख गरेको छ । उनले २५.२ प्रतिशत मत प्राप्त गरेका थिए । 

आइसल्याण्डका राष्ट्रपतिले संविधान र राष्ट्रिय एकताको ग्यारेन्टरको रूपमा काम गर्दै संसदीय गणतन्त्रमा ठूलो मात्रामा औपचारिक पद धारण गर्दछ । यद्यपि उनीसँग कानुनलाई भिटो गर्ने वा जनमत सङ्ग्रहमा पेस गर्ने शक्ति हुन्छ ।

उनले राष्ट्रपति गुड्नी थ जोहानेसनको ठाउँ लिने भएकी छन् । उनले आफ्नो चार वर्षको दुई कार्यकाल पछि पुन: चुनाव लड्न अस्वीकार गरेका थिए । अब टोमसदोत्तिर अगस्त १ मा पदभार ग्रहण गर्ने छिन् ।

उत्तरी एट्लान्टिकमा अवस्थित नर्डिक टापु राष्ट्र आइसल्याण्डमा महिलालाई उच्च पदमा निर्वाचित गर्ने लामो परम्परा छ ।

भिगडीस फिनबोगाडोत्तिर १९८० मा आइसल्याण्डको राज्य प्रमुख हुँदा कुनै पनि राष्ट्रको लोकतान्त्रिक रूपमा निर्वाचित पहिलो महिला राष्ट्रपति बनेकी थिइन् ।

विश्वव्यापी वित्तीय सङ्कटले आइसल्याण्डको अर्थतन्त्रलाई ध्वस्त पारेपछि सन् २००९ देखि २०१३ सम्म जोहान्ना सिगुर्दडोटिरले प्रधानमन्त्रीको रूपमा सरकारको नेतृत्व गरेकी थिइन् ।

त्यस्तै ४८ वर्षीय जाकोब्सडोटिर २०१७ मा प्रधानमन्त्री बनिन् र चार वर्षमा तीनवटा निर्वाचन गराउने सङ्कटको चक्र अन्त्य गर्ने बृहत् गठबन्धनको नेतृत्व गरिन् । उनले अप्रिलमा राष्ट्रपति पदमा उम्मेदवारी दिन राजीनामा दिएकी थिइन् ।

३ लाख ८० हजार जनसङ्ख्या भएको आइसल्याण्डमा १५०० हस्ताक्षर जम्मा गर्ने कुनै पनि नागरिकले राष्ट्रपतिको उम्मेदवार बन्न पाउने नियम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?