मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किम्फ

२१ औँ संस्करणको ‘किम्फ’ सम्पन्न, कसले कुन अवार्ड जिते?

काठमाडौँ – २१औँ संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आइतबार सकिएको छ। 

इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट शुरु भएको महोत्सवमा अन्तिम फिल्मका रूपमा निर्देशक टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’ प्रदर्शन गरियो ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भए। 

 ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ नारा बोकेको किम्फमा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्महरू प्रदर्शन गरिएको थियो ।

 काठमाडौँ महानगरपालिकाको सह–आयोजक रहेको महोत्सवमा समकालीन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैङ्गिकतालगायत विविधताले भरिएका फिल्म तथा वृत्तचित्र प्रदर्शन भए।

महोत्सवमा नेपाल–कोरिया मित्रताको ५० औँ वर्षगाँठको अवसर पारेर दुई देशबीच समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन भएको थियो। 

नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको महोत्सवमा फिल्म प्रदर्शनबाहेक अन्तरक्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनजस्ता रचनात्मक गतिविधिले महोत्सवलाई रोचक र ज्ञानवर्धक बनाउन सघाएको अध्यक्ष रम्यता लिम्बूले बताइन् । 

विभिन्न समूहसँग सहकार्य र संयोजन गर्ने क्रममा किम्फमा स्टोरीटेलर्ससँगको सहकार्यमा ‘माउन्टेन्स म्याटर– अ कल फ्रम द हिमालयज’ शीर्षकको प्रस्तुति, अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफलको आयोजना गरिएको थियो।

च्याम्पियनिङ योङ फिल्ममेकर्स– ब्रिटिस काउन्सिलसँग स्क्रिनिङ, प्यानल छलफल र फिल्म निर्माणसम्बन्धी अन्तरक्रियात्मक प्रदर्शनी र कथाहरूसँग नेपाली वृत्तचित्रका लागि कट,कथा पिच पनि यस्तै सहकार्यको अभ्यास थियो। साथमा, स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी)को सहयोगमा नेपाली आख्यान र गैर आख्यान परियोजनाका लागि एडिट ल्याबजस्ता गतिविधि समेत सञ्चालन गरियो।

एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्बिरहरूको प्रदर्शनी किम्फ २०२४ को एउटा मुख्य आकर्षण बन्यो। महोत्सवमा हजारौँ दर्शक सहभागी भएको पाँच दिने महोत्सवमा

युवा दर्शकको बढी सहभागिता रहँदै आएको छ। महोत्सवमा नेपाल, भुटान, कोरिया, भारतलगायत देशका फिल्ममेकरहरु समेत दर्शकका रूपमा सहभागी थिए। 

अन्तर्राष्ट्रिय विधा र नेपाल पानारोमाअन्तर्गत महोत्सवमा प्रतिस्पर्धी फिल्म तथा वृत्तचित्र प्रदर्शन भएका थिए। महोत्सवमा अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येबाट विजेता छनौट भए । 

यसका लागि निर्देशक, निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्वीट्जरल्यान्ड) किम्फ २०२४ को निर्णायक निर्णायक मण्डल बनाइएको थियो । 

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरियो। 

नेपाल पानोरमा अन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमशः एक लाख रुपियाँ प्राप्त प्रदान गरियो। यसै गरी दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको अडियन्स च्वाइस अवार्ड प्राप्त गर्‍यो ।

कसले कुन उपाधि जिते?

नेपाल पानारोमा

स्पेसल मेन्सन्सः द मोंक एन्ड द रेबेल र हावाम्यान

जोइन्ट विनरः दुविधा र नेपाली फिक्सन

नेपाल पानारोमा वेस्ट डकुमेन्ट्री

स्पेसल मेन्सन्सः रोङफामु र वाग्गिङ टेल

विजेता: धाइ ड्रिम्स

इन्टरनेसनल सर्ट फिक्सन

स्पेसल मेन्सन्सः नथिङ ग्रोज अन्डर द पाइन ट्रि र स्प्लिट इन्ड्स

विजेता: एड्जस्टेमन्ट

इन्टरनेसनल फिचर फिक्सन

अ चाइल्डलेस भिल्लेज

इन्टरनेसनल सर्ट डकुमेन्ट्रीतर्फ

स्पेसन मेन्सन्सः इटर्नल फ्लेम र फरवार्ड

विजेता: क्लाइम्बिङ फर गोल्ड

फिचर डकुमेन्ट्रीतर्फ

स्पेसल मेन्सन्सःइन टु द हार्ट अफ माउन्टेन, यम्नुस्काः द

र्याग्ड एज, क्विनडम र अगेन्स्ट द टाइड

विजेता: रिओ रोजो

दर्शकको भोट पाउन सफल वृत्तचित्र अडियन्स च्वाइस

अवार्डः म अलप हुन चाहन्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?