मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पानी कम पिउँदा स्वास्थ्यमा पर्छ यस्तो असर

शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ ।

पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ । यसकारण शरीरमा पानीको मात्रा कम हुँदा निम्नलिखित समस्याहरू सृजित हुन्छन् । 

थकान

पानीले शरीरलाई ऊर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीरको सबै प्रक्रियामा असर पर्छ । पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ । शरीरमा ऊर्जा नहुँदा मानिस शारीरिक रूपमा सक्रिय हुन सक्दैनन्।

दम

जब शरीरमा पानीको कमी हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ । जसका कारण श्वास लिन समस्या हुन्छ । यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ । पानीका साथ जुस, नरिवल पानी, लस्सी आदि भरपुर पिउन दिनुपर्छ । यसबाट तीव्र गतिमा श्वास लिने समस्या कम हुन्छ ।

गर्मीमा अक्सर पसिना बढी बग्दा शरीरको र गतमा मौजुद पानीको मात्रामा कमी आउन सक्छ । यस्तो अवस्थामा धेरै पानी खाने सल्लाह दिइन्छ । उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ । शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ ।

उच्च कोलेस्ट्रोल

उच्च कोलेस्ट्रोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ । जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्ट्रोल निर्माण गर्छ । यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्ट्रोलको समस्या पैदा हुँदैन ।

छालासम्बन्धी समस्या

पानीमार्फत छालाको राम्रो हेरचाह हुन्छ । छालाले शरीरका लागि सुरक्षा कवचको काम गर्छ । यसले पानीको स्तर पनि नियन्त्रित गर्छ । पानी भरपुर पिउनाले छाला नरम पनि बन्छ। पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ । डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या निम्तने डर हुन्छ ।

पाचनसम्बन्धी समस्या

शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबाट शरीरमा पाचनसम्बन्धी कयौँ समस्या निम्तन सक्छ । जस्तै, अल्सर, ग्यास आदि । खाना पचाउन पनि पानी आवश्यक हुन्छ ।

तौल बढ्ने

खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीको महत्त्वपूर्ण भूमिका हुन्छ । पानीको मात्रामा कमी आउनाले क्यालोरी जलाउन पर्याप्त पानी नपाउने हो भने बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या हुन्छ ।

मानसिक स्वास्थ्यमा असर

डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ। लन्डनमा मनोचिकित्सक संस्थानका अनुसन्धानकर्ताहरुले के पाए भने शरीरमा जब पानीको कमी हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ ।

मधुमेह

मधुमेह पीडित हुँदा बढेको ब्लड सुगरको स्तर पिसाबको रूपमा बाहिर निस्कन्छ । योभन्दा बढी भयो भने कमजोरी महसुस हुन्छ र शरीरमा पानीको कमी हुन्छ ।

जोर्नीमा प्रभाव

पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ । यसको कमी हुनाले जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ । शरीरमा पानीको कमीका कारण रगतको मात्रामा पनि कमी आउन सक्छ । रगतमा आउने यो कमीका कारण जोर्नीको समस्या पनि आउन सक्छ।

मिर्गौलाको समस्या

शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्त्वको निर्माण हुन्छ । यी विषाक्त पर्दा शरीरबाट बाहिर निकाल्न जरुरत हुन्छ । पानी कम हुँदा यस्ता विषालु तत्त्व शरीरमा बनिरहन्छन् र कयौँ प्रकारका रोग लाग्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?