काठमाडौँ – अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।
कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
आज दिउसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।
आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया