मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुवानको जोखिम उच्च

काठमाडौँ – श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र ‘डीएमसी’ ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ ।

सिंचाइ विभागका अनुसार आइतबार बिहानैदेखि परेको भारी वर्षाका कारण कोलम्बोको बाहिरी इलाकामा रहेको प्रमुख केलानी नदी र श्रीलङ्काको दक्षिणमा रहेको जिन नदीमा पानीको सतह उच्च तहसम्म पुगेको छ ।

डीएमसीले तल्लो क्षेत्रमा बसोबास गर्ने परिवारलाई उच्च स्थानमा जान सल्लाह दिएको जनाएको छ । मौसम विज्ञान विभागले आइतबार जारी गरेको पछिल्लो मौसम चेतावनीमा पश्चिमी र दक्षिणी प्रान्तमा १५० मिलिमिटरभन्दा बढी वर्षाको सम्भावना रहेको र सर्वसाधारणलाई घरभित्रै बस्न चेतावनी दिइएको छ ।

डीएमसीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य आवश्यक परेमा सतर्क रहन पनि सुरक्षाकर्मीलाई अनुरोध गरिएको छ । थप वर्षाको सम्भावना रहेको भन्दै शिक्षा मन्त्रालयले सोमबार देशभरका सबै सरकारी विद्यालय बन्द हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?